२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

गृहमन्त्री अर्यालको जिम्मेवारी थपियो

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रतिनिधिसभा चुनाव लड्न राजीनामा दिएपछि प्रवक्ताको पद रिक्त थियो। खरेल ललितपुर–२ बाट रास्वपाको उम्मेदवार बनेका छन्।

प्रकाशित मिति : २०८२ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस