२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

कांग्रेसमा ठूलो हलचल : सभापति थापा प्रधानमन्त्रीका उम्मेदवार बन्दै गर्दा आयो महत्वपूर्ण राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि पौडेलले राजीनामा दिएको एक पदाधिकारीले पुष्टि गरेका छन्।

उनको राजीनामापछि सचिव प्रकाश शर्माले बिहीबार केन्द्रीय कार्यसमिति बैठकको सूचना जारी गरेका थिए। नयाँ नेतृत्व चयन भएपछि केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो।

पदाधिकारी स्रोतका अनुसार बैठकले नवनिर्वाचित सभापति गगनकुमार थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमै बैठक बस्ने तयारी गरिएको छ।

हाल केन्द्रीय कार्यालय १४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको नियन्त्रणमा छ। निर्वाचन आयोगबाट आधिकारिकता नपाएपछि देउवा नेतृत्वको समिति सर्वोच्च अदालत पुगेको छ, जहाँ मुद्दालाई अग्राधिकार दिइएको छ। यसअघि थापा नेतृत्वको कार्यसमितिले बैठकहरू होटलमा गर्दै आएको थियो।

प्रकाशित मिति : २०८२ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस