२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

रेशम चौधरीलाई निर्वाचन आयोगले दियो जोडदार झट्का, यी रास्वपा नेतामाथि छलफल जारी

Resham Chaudhary

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ। उनले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए।

निर्वाचन आयोगका अनुसार पाँच जना उम्मेदवारविरुद्ध परेको उजुरीमध्ये तीन वटा खारेज भइसकेका छन्। भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी जानुका पाठकविरुद्ध परेको उजुरी पनि खारेज गरिएको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्धको उजुरीसमेत खारेज भएको छ।

तर सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहेका रास्वपाका लालबिक्रम थापाविरुद्ध परेको उजुरीउपर भने निर्वाचन आयोगले छलफल जारी राखेको छ।

प्रकाशित मिति : २०८२ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस