२०८२ माघ १० गते शुक्रवार | 2026 January 23rd Friday

यी हुन् मन्त्रीपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले २०८२ भदौ २३ र २४ को प्रदर्शनका क्रममा भएको भौतिक र मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले सिद्धार्थ राजमार्ग बुटवल–पोखरा सडक खण्ड सुधार आयोजनाका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गरिएको बताए।

त्यसैगरी, बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ता बनाउने निर्णय पनि गरेको छ। यसअघि सरकारको प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन राजीनामा दिएपछि प्रवक्ता पद रिक्त रहेको थियो।

प्रकाशित मिति : २०८२ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस