२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

गगन सभापति भएपछि बसेको पहिलो बैठकले गर्‍यो पाँच महत्वपूर्ण निर्णय (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट सभापति गगन थापालाई भावी प्रधानमन्त्री उम्मेदवार बनाउने निर्णय गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको हो।

उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रस्ताव र उपसभापति पुष्पा भुसालले समर्थन गरेको प्रस्ताव बैठकले सर्वसम्मत रूपमा पारित गरेको पार्टीले जनाएको छ।

बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समिति गठन गर्ने निर्णय पनि गरेको छ। साथै केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ।

त्यस्तै माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक समन्वयको जिम्मेवारी उपसभापति पुष्पा भुसाललाई दिइएको छ। पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय पनि गरेको जानकारी प्रवक्ता देवराज चालिसेले दिए।

May be an image of text

प्रकाशित मिति : २०८२ माघ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस