२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बालेनविरुद्ध आयोगमा उजुरी, लाग्यो गम्भीर आरोप

balen shah

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। निवेदक धर्मराज तिमिल्सीनाले बालेनको अभिव्यक्ति ‘घृणात्मक, भ्रामक र मानहानिकारक’ भएको भन्दै यसले निर्वाचन प्रक्रियामा असर पार्ने आरोप लगाएका छन्।

तिमिल्सीनाले बालेनले सामाजिक सञ्जालमा ‘७६ जना बच्चाको हत्यारा, आतङ्कवादी, देश जलाउने’ जस्ता शब्द प्रयोग गरेको उल्लेख गर्दै यी आरोप कुनै प्रमाण वा अदालतको निर्णयबिना लगाइएको दाबी गरेका छन्। उनले यस्ता अभिव्यक्तिले मतदातामा भ्रम फैलाउने र राजनीतिक वातावरण बिगार्ने खतरा रहेको बताएका छन्।

उक्त उजुरीमा निर्वाचन आयोगलाई आचारसंहिता र कानुन अनुसार छानबिन गरी कारबाही गर्न माग गरिएको छ। साथै, रास्वपाले महोत्तरीलगायत क्षेत्रमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको भिडियो सार्वजनिक भएको भन्दै त्यसको पनि छानबिन गर्न भनिएको छ।

तिमिल्सीनाले निर्वाचन आयोगलाई लोकतान्त्रिक बहसलाई तथ्य र नीति स्तरमै सीमित राख्न निर्देशन जारी गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ माघ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस