२०८२ माघ २३ गते बिहिवार | 2026 February 5th Thursday

कै`दीसँगको ‘आपत्तिजनक’ भिडियो भाइरल भएपछि महिला अधिकारीलाई ३ वर्ष कै`द

काठमाडौं । कैदीसँग यौन सम्बन्ध राखेको आरोपमा बेलायतकी पूर्व जेल अधिकारी एलिसिया नोभासलाई तीन वर्षको जेल सजाय सुनाइएको छ। उनी नर्थह्याम्प्टनशायरस्थित एचएमपी फाइभ वेल्स जेलमा कार्यरत थिइन्।

अदालतका अनुसार नोभासले ३१ वर्षीय कैदी डेक्लान विंकलेससँग यौन सम्बन्ध राख्नुका साथै गाँजा र मोबाइल फोन तस्करी गरेकी थिइन्। उनले विंकलेसलाई आफ्नो व्यक्तिगत नम्बर दिएकी थिइन् र अगस्ट २०२४ देखि मार्च २०२५ सम्म करिब तीन हजार पटक सम्पर्क भएको खुलेको छ।

नोभासले जेलको सूचनादाताको नाम र प्रशासनको आन्तरिक जानकारीसमेत कैदीलाई दिएको अदालतले ठहर गरेको छ, जसले जेल सुरक्षामा गम्भीर जोखिम सिर्जना गरेको बताइएको छ। सम्बन्धका क्रममा खिचिएका भिडियोहरू सार्वजनिक भएपछि घटना बाहिर आएको थियो।

न्यायाधीशले नोभासको युवा उमेर र अनुभवको कमी उल्लेख गरे पनि उनको कार्यले जेल प्रणालीलाई कमजोर बनाएको निष्कर्ष सुनाइन्। यस घटनामा विंकलेसलाई समेत थप तीन वर्ष चार महिनाको कैद सजाय सुनाइएको छ, जुन पुरानो सजायसँगै चल्नेछ।

प्रकाशित मिति : २०८२ माघ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस