२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कुन आरोपमा पक्राउ परे ‘युवराज सफल’ ?

काठमाडौं । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गालीबेइजती गरेको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन्।

उनले महान्यायाधिवक्ता र महान्यायाधिवक्ताको कार्यालयलाई लक्षित गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकारात्मक तथा अपशब्द प्रयोग गरेको आरोप छ। यस विषयमा माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले कानुनी कारबाहीको माग गर्दै प्रहरीलाई पत्र पठाएको थियो।

पत्र प्राप्त भएपछि पनि तथ्यहीन सामग्रीसहितका भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले बताए। काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ।

May be an image of ticket stub and text

प्रकाशित मिति : २०८२ माघ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस