२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

रवि लामिछाने अस्पताल भर्ना, सचिवालयले के भन्यो ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन्। सचिवालयका अनुसार ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा देब्रे खुट्टामा लागेको सामान्य चोट बढ्दै संक्रमणमा परिणत भएपछि अस्पताल भर्ना गरिएको हो।

चिकित्सकको सल्लाहअनुसार संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै निगरानीमा उपचार गरिने सचिवालयले जनाएको छ। पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र लामिछाने नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जनाइएको छ।

अन्य बिरामी र अस्पताल प्रशासनलाई असहज नहोस् भनेर भेटघाटका लागि अस्पताल नआइदिन पनि सचिवालयले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ माघ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस