काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ७ हजार ३ सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ । महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ३२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६ हजार २५८ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ माघ १५ गते बुधवार

