२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

रेशम चौधरी प्रकरण : सर्वोच्चले जारी गर्‍यो यस्तो आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले यसअघिको फैसला सम्बन्धी फाइल पूर्वादेशअनुसार कार्य सम्पन्न गरी पेस गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दासँग सम्बन्धित फैसलाको फाइल माग गरेको हो। यसअघि न्यायाधीश ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो।

साथै, चौधरीलाई दिइएको आममाफीविरुद्ध परेको रिट फाइल र निर्वाचन आयोगको निर्णयको प्रमाणित प्रतिलिपि पनि झिकाउन आदेश दिइएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली–१ बाट दर्ता गरिएको चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो।

प्रकाशित मिति : २०८२ माघ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस