काठमाडौं । ‘विश्वकै सबैभन्दा वृद्ध यौनकर्मी’ भनेर चिनिने ८३ वर्षीया जुम्ल्याहा दिदीबहिनी लुइस र मार्टिन फोकेन्सले आफूहरूले करिब ३ लाख ५५ हजार पुरुषलाई सेवा दिएको दाबी गरेका छन्। एम्स्टर्डमको रेड–लाइट डिस्ट्रिक्टमा दशकौँसम्म काम गरेका उनीहरू २०११ मा बनेको वृत्तचित्रमार्फत अन्तर्राष्ट्रिय रूपमा चर्चित भएका थिए।
५० वर्षभन्दा बढी समय यौन व्यवसायमा बिताएका उनीहरूले करिब ७० वर्षको उमेरपछि शारीरिक पीडाका कारण काम छाडेका हुन्। लुइसले जोर्नीशोथका कारण काम कठिन भएको बताएकी छन् भने मार्टिनले ग्राहक संख्या घट्दै गएको अनुभव सुनाएकी छन्।
नेदरल्याण्ड्समा सन् २००० मा वेश्यालय वैधानिक भए पनि त्यसले स्थानीय महिलालाई खासै फाइदा नपुगेको उनीहरूको भनाइ छ। किशोरावस्थामै यो पेशामा प्रवेश गरेका यी दिदीबहिनीहरूले पछि आफ्नै वेश्यालय र रेस्टुरेन्टसमेत सञ्चालन गरेका थिए।
हाल उनीहरू यौन व्यवसायमा सक्रिय छैनन् र आफ्नो जीवनकथामा आधारित वृत्तचित्रबाट प्राप्त रोयल्टीमै आशा राखिरहेका छन्

