काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जुनसुकै दलले जस्तोसुकै गठबन्धन गरे पनि निर्वाचनको परिणाम स्वीकार्न तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले देश अन्तिम सुनामीतर्फ अघि बढिरहेको दाबी गर्दै पूराना दलहरूलाई खुला चुनौती दिएका छन्।
जो–जो मिल्न चाहन्छन्, खुला वा गोप्य रूपमा मिल्न सक्ने भन्दै लामिछानेले अन्तिम शक्ति लगाएर यो सुनामी रोकेर देखाउन आग्रह गरेका छन्। तर, जनताले अस्वीकार गरिसकेको पुरानो संसदलाई षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि प्रयास स्वीकार नहुने उनको चेतावनी छ।
लामिछानेले आगामी फागुन २१ लाई सामान्य दिन नभई नेपाली राजनीतिक इतिहासको माइलस्टोन हुने दाबी गर्दै त्यसपछि बन्ने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्ने उल्लेख गरेका छन्।
प्रकाशित मिति : २०८२ माघ २१ गते मङ्गलवार

