२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

काठमाडौं बौद्धमा किन चल्यो गो`ली? एकजना समातिए

काठमाडौँ । बौद्ध टुसालस्थित एक घरबाट १ करोडभन्दा बढीका सुनका गहना चोरी गर्ने आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। नागार्जुन नगरपालिका महांकाल क्षेत्रबाट पक्राउ परेका प्रेम थारु चोरी प्रकरणमा संलग्न रहेको प्रहरीले जनाएको छ।

नेपालगञ्ज घर भएका थारुलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि प्रहरी टोलीले एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए। उनको खुट्टामा गोली लागेको छ र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार मंगलबार दिउँसो बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब ३० तोला सुन, चाँदीका गहना र सि–मालासहित १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका सामान चोरी भएका थिए। चोरी भएको करिब २४ घण्टापछि आरोपी पक्राउ परेको हो।

माघ १७ मा भोटेबहालमा भएको २५ तोला सुन चोरीमा पनि थारुकै संलग्नता रहेको आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस