२०८२ माघ २३ गते बिहिवार | 2026 February 5th Thursday

आज फेरि सुनचाँदीको मूल्यमा भारी गिरावट, तोलाको कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ५ हजार ६ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ९८० सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २७० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रकाशित मिति : २०८२ माघ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस