२०८२ माघ २८ गते मङ्गलवार | 2026 February 10th Tuesday

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । सोमबार तोलामा ५ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर ५ हजार २४० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ४९३ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २०८२ माघ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस