२०८२ माघ ३० गते बिहिवार | 2026 February 12th Thursday

घट्यो आज सुनको मूल्य, तोलामा कति पुग्यो ?

Today Gold price in Nepal

काठमाडौं । केही समय अघि मात्र तोलामा २० हजार ५ सयसम्म घटबढ भएको सुनको भाउ आज भने तोलामा जम्मा सय रुपैयाँ घटेको छ ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सनु प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोछ ।

यता, चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८२ माघ ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस