२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

नेपाली कांग्रेस परित्याग गरी ५२ महिला नेकपा एमाले प्रवेश

सुनसरीको दुहबी नगरपालिका–९ मा आयोजित एक कार्यक्रममा ५२ जना महिलाले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले मा प्रवेश गरेका छन्। सुगावति ऋषिदेवको नेतृत्वमा भएको उक्त प्रवेशलाई स्थानीय तहमा संगठनात्मक सुदृढीकरण र जनाधार विस्तारका रूपमा हेरिएको छ।

कार्यक्रममा नेकपा एमालेको तर्फ बाट सुनसरी ३ कि प्रतिनिधि सभा सदस्य उम्मेदवार भगवती चौधरी ले नवप्रवेशीहरूलाई टीका–माला लगाएर स्वागत गर्दै समाज रूपान्तरणको राजनीतिक यात्रामा महिला सहभागिता निर्णायक शक्ति भएको बताउनुभयो। उहाँले भन्नुभयो, “विचार, सिद्धान्त र जनताको पक्षमा उभिने राजनीतिक शक्ति नै दीर्घकालीन परिवर्तनको आधार हो। एमालेले समानता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रको मार्गलाई आत्मसात गरेको छ, र यही मार्गमा यहाँहरूको सहभागिता ऐतिहासिक हुनेछ।”

कार्यक्रममा बोल्दै सुगावति ऋषिदेव ले वर्गीय चेतना, अधिकार र अवसरको खोजीले आफूहरूलाई नयाँ राजनीतिक निर्णयतर्फ उन्मुख गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले केवल पार्टी परिवर्तन गरेका होइनौँ, विचार र भविष्य रोजेका हौँ। विकास, सम्मान र सहभागिताको सुनिश्चितताका लागि संगठित राजनीतिक शक्ति आवश्यक हुन्छ भन्ने निष्कर्षमा पुगेका छौँ।”

उक्त कार्यक्रममा सहभागी वक्ताहरूले महिला, दलित तथा विपन्न समुदायको राजनीतिक पहुँच विस्तार समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै नवप्रवेशीहरूलाई संगठन विस्तार, जनचेतना अभिवृद्धि र अभियानमुखी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका थिए।

प्रकाशित मिति : २०८२ फाल्गुन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस