२०८२ फाल्गुन १० गते आइतवार | 2026 February 22nd Sunday

निर्वाचनमा लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग ३ दिन सार्वजनिक बिदा माग गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाताको सहज सहभागीताका लागि फागुन २०, २१ र २२ गते बिदा दिन सिफारिस गरिएको हो।

किन हुँदैछ ७ दिन बिदा?
यदि सरकारले आयोगको यो प्रस्ताव स्विकार गरेमा नेपालीहरूले लगातार एक साता बिदा पाउनेछन्:
फागुन १८ र १९: होली पर्व
फागुन २०, २१ र २२: निर्वाचन बिदा (प्रस्तावित)
फागुन २३ र २४: शनिबार र अन्तर्राष्ट्रिय नारी दिवस

यसरी पर्व, निर्वाचन र दिवसहरू एकैसाथ पर्दा सर्वसाधारणले लगातार ७ दिन छुट्टी मनाउन पाउने सम्भावना बढेको छ। यद्यपि, बिदाको अन्तिम निर्णय भने सरकारको हातमा छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस