२०८२ फाल्गुन १० गते आइतवार | 2026 February 22nd Sunday

पूर्वमन्त्री रन्जिताबारे अदालतको ठुलो फैसला

काठमाडौं। चर्चित पोखरा लिचीबारी जग्गा प्रकरणमा मुछिएकी पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई विशेष अदालतले ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। आइतबार न्यायाधीश सुदर्शनदेव भट्टसहितको इजलासले यो फैसला सुनाएको हो।

के थियो त काण्ड?
७८ लाखको मुद्दा: अख्तियारले श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
घुसको अडियो: पोखरा बाटुलेचौरको १३४ रोपनी जग्गा हडप्न २५ लाख घुस लिएको आरोप उनीमाथि छ।
फरेन्सिक पुष्टि: बिचौलिया सुजन लामा र पूर्वमन्त्री राजकुमार गुप्ताबीचको घुस डिल गर्ने अडियो ‘सक्कली’ भएको प्रयोगशालाबाट पुष्टि भइसकेको छ।

यही प्रकरणका कारण मन्त्री गुप्ताले यसअघि नै राजीनामा दिनुपरेको थियो। पूर्वमन्त्री श्रेष्ठसहित ७ जनाविरुद्ध असोज २२ गते भ्रष्टाचार मुद्दा दर्ता भएको थियो।

प्रकाशित मिति : २०८२ फाल्गुन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस