२०८२ फाल्गुन १२ गते मङ्गलवार | 2026 February 24th Tuesday

दुर्गा प्रसाईं प्रकरण : सर्वोच्चको यस्तो आदेशले सरकारलाई ठूलो झट्का

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं अन्ततः थुनामुक्त भएका छन्। पटक-पटकको गिरफ्तारी र प्रहरीको कडा निगरानीका बीच सर्वोच्च अदालतले उनलाई ‘गैरकानुनी थुना’ मा राखिएको ठहर गर्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो।

न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले उनलाई तत्काल छोड्न आदेश दिएपछि प्रसाईं समर्थकहरूमा खुसीयाली छाएको छ। निर्वाचन विथोल्ने आशंका र साइबर अपराधको बहानामा माघदेखि नै प्रहरीले उनलाई पटक-पटक समात्दै र छाड्दै आएको थियो। श्रीमती उमा प्रसाईंले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले उनलाई न्याय दिएको हो।

प्रकाशित मिति : २०८२ फाल्गुन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस