२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

दुर्गा प्रसाईं प्रकरणमा नयाँ ट्विस्ट : सर्वोच्चको आदेशपछि पनि नछुट्ने

काठमाडौं । सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिए पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज हिरासतबाट नछुट्ने भएका छन्। ‘प्रक्रिया पूरा गर्नुपर्ने’ भन्दै काठमाडौँ प्रहरीले उनलाई आज नछोड्ने निर्णय गरेपछि नयाँ मोड आएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार सरकारी वकिलको कार्यालयसँग सहमति लिन बाँकी रहेकाले र कार्यालय समय सकिएकाले प्रसाईंलाई भोलि (बुधबार) मात्र रिहा गरिनेछ।

सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले ‘कानुनी प्रावधान’ को बहाना बनाएर उनलाई भद्रकालीस्थित हिरासतमै राख्ने निर्णय गरेको हो। अदालतको आदेश आएर पनि प्रसाईं आज जेलमै बस्नुपर्ने भएपछि उनका समर्थकहरू अन्यौलमा परेका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस