२०८२ फाल्गुन १४ गते बिहिवार | 2026 February 26th Thursday

चुनावको मुखैमा सुटुक्क सिंगापुर उडे देउवा, भोट हाल्न पनि नआउने !

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । नेपाली कांग्रेसका पूर्व सभापति समेत रहेका देउवा बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन् । उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनी सिंगापुर गएको बताइएको छ ।

देउवा पत्नी आरजु समेत विगत ५ दिनदेखि दक्षिणी छिमेकी राष्ट्र भारत भ्रमणमा छिन् । आरजु भने भारतका विभिन्न मठ मन्दिरमा पुजाँआजाका लागि त्यतै रहेकी छिन् । उनको भारतको उज्जेनमा अवस्थित महाकालेश्वर मन्दिमा दर्शन गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा आएको छ । उनी अझै केही दिन भारतमै रहने बताइएको छ ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस