२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

मुस्ताङबाट कांग्रेसको पहिलो जित

प्रकाश काफ्ले/ काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जित हासिल गर्दै आफ्नो खाता खोलेको छ। कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रो पटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन परिणामअनुसार उनले ३३०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत प्राप्त गरे।त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस