२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन रोल्पामा अग्रस्थानमा

प्रकाश काफ्ले /काठमाडौं । रोल्पामा प्रतिनिधि सभा निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक मतगणनाको नतिजाअनुसार नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले अग्रता हासिल गरेका छन्। रोल्पा जिल्लामा प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ। हालसम्म ५९४ मत गणना हुँदा पुनले २६५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।

यसैगरी नेकपा एमालेका गोकुलप्रसाद घर्तीले २० मत, नेपाली कांग्रेसका सुदनकुमार वलीले ७ मत, तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापाले पनि ७ मत प्राप्त गरेका छन्।

मतगणना प्रक्रिया अझै जारी रहेकाले अन्तिम नतिजा आउन भने बाँकी छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस