२०८३ असोज ७ गते बुधवार | 2026 September 23rd Wednesday

गुल्मी–२ मा गोकर्ण विष्ट झिनो मतले पराजित, रास्वपाका गोविन्द पन्थी विजयी

प्रकाश काफ्ले / काठमाडौं ।गुल्मीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्टलाई झिनो मतान्तरले हराएका हुन्।

अन्तिम मतपरिणाम अनुसार पन्थीले १६ हजार ९६७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी विष्टले १६ हजार ४०६ मत पाए, जसले गर्दा पन्थी ५६१ मतले विजयी बने।

यसै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४३४ मत प्राप्त गरेका छन्।

 

 

 

 

 

 

 

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस