प्रकाश काफ्ले/काठमाडौं ।भारतमा आयोजना हुने प्रतिष्ठित एनएक्सटी कन्क्लेभ २०२६ कार्यक्रममा भरतपुर महानगरपालिकाकी पूर्व-मेयर रेनु दाहालले सम्बोधन गर्ने भएकी छन्। उक्त कार्यक्रममा नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको छ।
यस अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सम्मानित वक्ताका रूपमा दाहाललाई आमन्त्रण गरिनु नेपालका लागि गर्वको विषय मानिएको छ। स्थानीय तहको नेतृत्वबाट अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्नु उनको अनुभव, नेतृत्व क्षमता र निरन्तर मेहनतको परिणामका रूपमा हेरिएको छ।
यस कार्यक्रममा विभिन्न देशका नीति निर्माता, बौद्धिक व्यक्तित्व, युवा नेताहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। दाहालको सहभागिताले नेपालका स्थानीय शासन, महिला नेतृत्व र विकासका अनुभवहरू अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत हुने विश्वास गरिएको छ।

