२०८३ असार २४ गते बुधवार | 2026 July 8th Wednesday

भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निर्णय

प्रकाश काफ्ले / काठमाडौं । नेपाल आयल निगमले ग्यासको आपूर्ति व्यवस्थापन गर्न भोलिदेखि उपभोक्तालाई आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निर्णय गरेको जनाएको छ। बजारमा ग्यासको माग बढ्दै गएको तथा सम्भावित अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो व्यवस्था लागू गर्न लागिएको निगमले बताएको छ। निगमका अनुसार हाल उपलब्ध ग्यासलाई बढी उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले अस्थायी रूपमा यो व्यवस्था लागू गरिनेछ। यस निर्णयपछि उपभोक्ताले एकपटकमा पूरा सिलिन्डरको सट्टा आधा सिलिन्डर मात्र प्राप्त गर्नेछन्।

निगमले ग्यास डिलर तथा वितरकलाई पनि नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। बजारमा कृत्रिम अभाव, कालोबजारी तथा अनावश्यक मौज्दात रोक्न यो कदम आवश्यक भएको निगमको भनाइ छ। ग्यासको आपूर्ति अवस्था सामान्य भएपछि भने पुरानै वितरण प्रणाली पुनः लागू गरिने निगमले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस