२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

रवि लामिछाने र प्रचण्डबीच टेलिफोन संवाद, बालेनसँग भेटघाट पुष्टि छैन

प्रकाश काफ्ले/काठमाडौं। रबि लामिछाने र  पुष्पकमल दाहाल र  बीच टेलिफोन संवाद भएको जानकारी प्राप्त भएको छ। समसामयिक राजनीतिक परिस्थितिबारे दुई नेताबीच कुराकानी भएको स्रोतले जनाएको छ । टेलिफोन संवाद चुनाव जितेकोमा एकआपसमा बधाई साटासाट भएको थियो।

तर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह) सँग भने प्रचण्डको कुनै औपचारिक भेटघाट वा टेलिफोन संवाद भएको पुष्टि हालसम्म भएको छैन। राजनीतिक वृत्तमा विभिन्न नेताहरूबीच निरन्तर छलफल भइरहेका बेला प्रचण्ड र रवि लामिछानेबीच भएको संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि बालेन शाहसँग भएको भनिएको भेटघाट वा कुराकानीबारे आधिकारिक पुष्टि नभएको स्रोतहरूले बताएका छन्।

 

 

प्रकाशित मिति : २०८२ फाल्गुन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस