२०८३ असार १ गते सोमवार | 2026 June 15th Monday

“हामीले केही गलत गरेका थिएनौं, तर पनि हार्यौं” — नोकिया सीईओको भावुक भनाइ

प्रकाश काफ्ले/काठमाडौं ।फिनल्याण्डको चर्चित मोबाइल कम्पनी नोकिया लाई अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्ट ले किन्ने घोषणा गरिएको पत्रकार सम्मेलनमा नोकियाका सीईओले अत्यन्त भावुक अभिव्यक्ति दिएका थिए।

आफ्नो सम्बोधनको अन्त्यमा उनले भने, “हामीले केही गलत गरेका थिएनौं, तर पनि कुनै न कुनै रूपमा हामी हार्यौं।” यो भनाइपछि कार्यक्रममा उपस्थित धेरै व्यवस्थापक भावुक बनेका थिए। एक समय विश्व मोबाइल बजारमा नोकियाको प्रभुत्व थियो। यसको मोबाइल फोन मजबुत, भरपर्दो र प्रयोगकर्तामाझ अत्यन्त लोकप्रिय मानिन्थ्यो।

तर प्रविधि क्षेत्र तीव्र गतिमा परिवर्तन हुँदै गयो। स्मार्टफोनको विकाससँगै नयाँ कम्पनीहरूले बजारमा प्रभुत्व जमाउन थाले। विशेषगरी एप्पल र गुगल ले ल्याएको नयाँ स्मार्टफोन प्रणाली र एप इकोसिस्टमले मोबाइल उद्योगको दिशा नै परिवर्तन गरिदियो। तर नोकिया भने यो परिवर्तनसँग छिटो अनुकूल हुन सकेन। परिणामस्वरूप, कम्पनीले विश्व बजारमा आफ्नो अग्रस्थान गुमाउन पुग्यो।

व्यवसायिक पाठ

विशेषज्ञहरूका अनुसार नोकियाको उदाहरण आज पनि व्यवसाय र प्रविधि क्षेत्रमा महत्वपूर्ण पाठका रूपमा लिइन्छ।

आजको सफलताले भोलिको सफलता सुनिश्चित गर्दैन। समयअनुसार परिवर्तन र नवप्रवर्तन नगर्ने कम्पनीहरू प्रतिस्पर्धामा पछि पर्न सक्छन्।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस