प्रकाश काफ्ले/काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक अहिले पार्टीको केन्द्रीय कार्यालय चःमतिमा जारी रहेको छ। बैठक मुख्यतः समानुपातिक तर्फका सांसदहरूको नाम सिफारिस गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ।
बैठकमा पार्टी सभापति रवि लामिछानेभने भर्चुअल माध्यमबाट सहभागी भएका छन्। स्वास्थ्य अवस्थाका कारण उनी प्रत्यक्ष रूपमा उपस्थित हुन नसकेको पार्टी स्रोतले जनाएको छ।
यसबीच निर्वाचनअघि रास्वपामा प्रवेश गरेका बालेन शाह नेतृत्वको समूहका पदाधिकारी भने बैठकमा देखिएका छैनन्। चुनावअघि बालेनको टिमबाट दुई जना पदाधिकारी पार्टी संरचनामा समेटिएका थिए।
उक्त टोलीबाट सुनिल लम्साल लाई महामन्त्री र भूपदेव शाह लाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको थियो। तर, अहिले चलिरहेको सचिवालय बैठकमा उनीहरूको उपस्थिति नभएको स्रोतले जनाएको छ।
उनीहरू बैठकमा किन सहभागी भएनन् भन्नेबारे पार्टीले औपचारिक रूपमा कुनै जानकारी भने सार्वजनिक गरेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक अहिले पार्टीको केन्द्रीय कार्यालय चःमतिमा जारी रहेको छ। बैठक मुख्यतः समानुपातिक तर्फका सांसदहरूको नाम सिफारिस गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ।बैठकमा पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यमबाट सहभागी भएका छन्। स्वास्थ्य अवस्थाका कारण उनी प्रत्यक्ष रूपमा उपस्थित हुन नसकेको पार्टी स्रोतले जनाएको छ।
यसबीच निर्वाचनअघि रास्वपामा प्रवेश गरेका बालेन शाह नेतृत्वको समूहका पदाधिकारी भने बैठकमा देखिएका छैनन्। चुनावअघि बालेनको टिमबाट दुई जना पदाधिकारी पार्टी संरचनामा समेटिएका थिए।उक्त टोलीबाट सुनिल लम्साल लाई महामन्त्री र भूपदेव शाह लाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको थियो। तर, अहिले चलिरहेको सचिवालय बैठकमा उनीहरूको उपस्थिति नभएको स्रोतले जनाएको छ।
उनीहरू बैठकमा किन सहभागी भएनन् भन्नेबारे पार्टीले औपचारिक रूपमा कुनै जानकारी भने सार्वजनिक गरेको छैन।

