२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयन गर्न सिफारिस

प्रकाश काफ्ले/काठमाडौं । सरकारले राष्ट्रिय सभामा गृहमन्त्री ओम प्रकाश अर्याललाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकमा परिषद्ले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने रिक्त सदस्य स्थानमा अर्याललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिइयो।

यो निर्णयसँगै गृहमन्त्री अर्यालले निकट भविष्यमा राष्ट्रिय सभामा आफ्नो सदस्यता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस