२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्रमाणपत्र वितरण तयारी: समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसद आज प्रमाणित हुँदै

प्रकाश काफ्ले/काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० जना सांसदलाई आज आधिकारिक रूपमा निर्वाचित प्रमाणपत्र वितरण गरिने भएको छ। गत २१ फागुनमा सम्पन्न निर्वाचनपछि निर्वाचन आयोग ले सोमबार उक्त सांसदहरूको नामावली सार्वजनिक गरेको थियो। सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी बाट ५७, नेपाली कांग्रेस बाट २०, नेकपा एमाले बाट १६, नेपाल कम्युनिष्ट पार्टी बाट ९, साथै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट चार/चार जना सांसद चयन भएका छन्।

प्रमाणपत्र वितरणसँगै आयोगले आजै निर्वाचन २०८२ को सम्पूर्ण प्रतिवेदन रामचन्द्र पौडेल समक्ष पेश गर्ने तयारी गरेको छ। उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइएपछि नेपालको संविधान २०७२ को धारा ७६(१) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने मार्ग खुल्नेछ।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस