उहाँको नेतृत्वसम्मको यात्रा व्यक्तिगत त्याग र संघर्षले भरिएको छ। तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक सक्रियताका कारण उहाँले विभिन्न झुटा मुद्दाहरूमा पटक-पटक गिरफ्तारी भोग्नुपर्‍यो। यसक्रममा उहाँले सन् १९७३ देखि १९८७ सम्म लगातार १४ वर्ष जेल जीवन बिताउनुभयो, जसमा चार वर्ष त उहाँले कठोर र कष्टकर ‘गोलघर’ (एकान्त कारावास) मा बिताउनुभएको थियो। कारागारको यो लामो समयले उहाँको वैचारिक जगलाई अझ बलियो बनायो। जेलबाट छुटेपछि उहाँ तत्कालीन नेकपा (माले) को केन्द्रीय कमिटी सदस्य र लुम्बिनी अञ्चल इन्चार्जको रूपमा पार्टीमा तीव्र गतिमा स्थापित हुनुभयो। साथै, उहाँले पार्टीको युवा दस्ता ‘प्रजातान्त्रिक राष्ट्रिय युवा संघ’ (DNYF) को संस्थापक अध्यक्षको रूपमा सङ्गठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो।

नेपालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि सन् १९९१ मा उहाँ पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो। सन् १९९३ मा उहाँ नेकपा (एमाले) को विदेश विभाग प्रमुख र १९९४ मा प्रचार विभाग प्रमुख बन्नुभयो। सोही वर्ष नेपालको पहिलो जननिर्वाचित कम्युनिस्ट नेतृत्वको सरकारमा उहाँ गृहमन्त्री नियुक्त हुनुभयो। सन् १९९९ मा तेस्रो पटक निर्वाचित भएपछि उहाँले संसदीय दलको विभाग प्रमुख र प्रमुख प्रतिपक्षी दलको उपनेताको भूमिका समेत निर्वाह गर्नुभयो। सन् २००६ देखि २००७ सम्म उहाँले अन्तरिम सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो। उहाँको पार्टी नेतृत्वको यात्रा सन् २०१४ मा भएको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएसँगै थप सुदृढ बन्यो। झापा विद्रोह र भूमिगत संघर्षबाट खारिएका ओलीको नेतृत्व देशभक्ति, लोकतन्त्र, सामाजिक न्याय र समानताका लागि अटुट प्रतिबद्धताले चिनिन्छ। नाकाबन्दीको बेलामा डरबिना (नडराई) भारतसँग कुरा गर्न सक्ने नेतालाई यसरी बुझ्न सकिन्छ।ओली कम्युनिष्टबाट सबैभन्दा धेरै ४ पटक प्रधानमन्त्री बनेका नेताको रूपमा स्थापित हुनुभयो। पहिलो कार्यकाल: ११ अक्टोबर २०१५ – ३ अगस्त २०१६ दोस्रो कार्यकाल: ५ फेब्रुअरी २०१८ – १३ जुलाई २०२१ तेस्रो (छोटो) कार्यकाल: मे २०२१ मा पुन: नियुक्त चौथो कार्यकाल: १४/१५ जुलाई २०२४-सेप्टेम्बर ९, २०२५ । ओलीको नेतृत्वमा नेपालको राजनीतिक बहस अधिकारको सङ्घर्षबाट राष्ट्रिय विकास र आर्थिक समृद्धितर्फ मोडिएको छ। उहाँ “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षाका दूरदर्शी प्रणेता हुनुहुन्छ। उहाँले ‘परिपूर्ण लोकतन्त्र’ को अवधारणा अघि सार्नुभएको छ, जसले सबै नागरिकका लागि समान अधिकार, अवसर, सामाजिक न्याय, सुरक्षा र सम्मानको ग्यारेन्टी गर्दछ। उहाँका कार्यकालमा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता रूपान्तरणकारी योजनाहरू सुरु भएका छन्। साथै, उहाँको सरकारले महिला र बालिका विरुद्धको यौन हिंसा नियन्त्रण गर्न कडा कदम चाल्नुका साथै जलवायु परिवर्तनका चुनौतीहरू, विशेष गरी पर्वतीय क्षेत्रको दिगो विकास र वातावरणीय संरक्षणलाई प्राथमिकतामा राखेको छ।

विपक्षी नेताहरूले पनि यो सबै प्रतिशोधपूर्ण भएको भन्दै प्रतिक्रिया दिएका छन्। प्रतिशोध साँधेर जेन–जी आन्दोलन दमन गरेको आरोप अहिलेको सरकारले गिरफ्तारी गरिएको छ। आगामी दिन यहाँको कस्तो हुन्छ, त्यो भविष्यले देखाउने छ। जेन–जीआन्दोलनका अन्य आरोपितहरू, जसले सिंहदरबारमा आगो लगाएका थिए, उनीहरूलाई सरकारले पक्राउ गर्ने कि नगर्ने, त्यो अझै हेर्न बाँकी छ