२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्रा महँगिए

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अ‍ेरिकी डलर, कुवेती दिनारसहितका केही विदेशी मुद्राको विनिमयदर स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको भाउ आज पनि राष्ट्र बैंकले जनाएको छ। हिजो पनि यी सबैजसो मुद्रा महँगिएका थिए ।

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो । त्यसैगरि आज युरो १ को खरिददर १७८ रुपैयाँ ५१६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा छ। हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ १० पैसा र बिक्रीदर २०५ रुपैयाँ ९१ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ६० पैसा र बिक्रीदर १०९ रुपैयाँ ०३ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा छ। विगत तीन दिनदेखि कुबेती दिनारको विनिमयदर यही छ ।

 

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस