काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार ३ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन तोलामा २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बिहीबार ५ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ५ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको हो ।
प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार

