२०८३ असार २३ गते मङ्गलवार | 2026 July 7th Tuesday

अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुखले दिइन् राजीनामा

काठमाडौं । अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले आफ्ना श्रीमानलाई क्यान्सर भएको भन्दै पदबाट राजीनामा दिएकी छिन्। गबार्डको श्रीमानलाई हालै हड्डीको क्यान्सर भएको पत्ता लागेको थियो। उनले शुक्रबार राजीनामा दिएकी हुन्।

उनले राजीनामा पत्रमा लेखेकी छिन्, ‘उहाँको शक्ति र प्रेमले मलाई हरेक चुनौतीमा साथ दिएको छ। मेरो विवेकले उहाँलाई यो लडाईं एक्लै सामना गर्न दिँदैन जबसम्म म यो कठिन र समय खपत गर्ने स्थितिमा रहिरहन्छु।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गबार्डको निर्णयको बारेमा सामाजिक सञ्जालमा पोस्ट गर्दै गबार्डले आफ्नो पदमा रहँदा उत्कृष्ट काम गरेको उल्लेख गरेका छन्। गब्बार्डको राजीनामा जुन ३० देखि लागू हुनेछ।

प्रकाशित मिति : २०८३ जेष्ठ ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस