२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

रवि लामिछानेको एमालेले गर्यो मुक्तकण्ठले प्रशंसा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको पार्टीको तर्फबाट भन्दै रास्वपाका सभापति रवि लामिछानेको मुक्तकण्ठले प्रशंसा गरेका छन् । पोखरेलले सर्वदलीय बैठक राख्नु सकारात्मक भएको भन्दै भने, “यो बैठकको आयोजना सरकार स्वयंले गर्नुपर्थ्यो। प्रधानमन्त्रीले अग्रसरता लिनुपर्थ्यो। तर सभापति लामिछानेले त्यो पहल गर्नुभयो। उहाँ पोलिटिकल व्यक्ति हो भन्नेमा विश्वास झनै बढ्यो ।

उनले भिड नियन्त्रणमा सुरक्षा निकाय असफल भएको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए । सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले दङ्गा र भिड नियन्त्रण अल्पकालीन मात्र नभई दीर्घकालीन रूपमा पनि महत्त्वपूर्ण विषय भएको बताए। उनले सुरक्षा निकायको मनोबल गिरावट वा साधन–स्रोतको अभावका कारण यस्तो घटना भएको हो कि भन्नेबारे समीक्षा आवश्यक रहेको उल्लेख गरे। उनले बैठकमार्फत शान्ति, सुरक्षा र सुशासन कायम गर्नका लागि संयुक्त वक्तव्य जारी भएको जानकारी पनि दिए।

 

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस