२०८३ साउन २७ गते बुधवार | 2026 August 12th Wednesday

कप्तानबाट हटाएपछि क्यानको सन्देश: नेता भइसकेको रोहित सधैँ नेता नै रहन्छ

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेललाई ओडीआई कप्तानबाट हटाएपछि धन्यवाद ज्ञापन गर्दै “एकपटक नेता बनेपछि सधैँ नेता नै रहिन्छ” भन्ने सन्देश दिएको छ। क्यानले सोमबार सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गर्दै रोहितको नेतृत्वमा हासिल भएका उपलब्धि र अविस्मरणीय क्षणहरूको प्रशंसा गरेको हो।

फेसबुकमार्फत क्यानले लेखेको छ, “धन्यवाद, रोहित, एउटा राष्ट्रको आशा बोकेर जोश, समर्पण र दृढताका साथ नेपालको नेतृत्व गर्नुभएकोमा। तपाईंको नेतृत्वमा नेपाली क्रिकेटले उल्लेखनीय उपलब्धि हासिल गर्‍यो।” क्यानले रोहितको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि राष्ट्रिय टोलीलाई गौरव र समर्पणका साथ योगदान गर्ने विश्वास व्यक्त गरेको छ। उसले भनेको रोहित एकपटक नेता बनेपछि सधैँ नेता नै रहिन्छ ।

प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस