राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले भर्ना नलिएपछि सडकपेटीमै बच्चा जन्माउन बाध्य भएकी बबिता पासवानलाई नर्वेमा रहेका १९ जना नेपाली महिलाले ८५ हजार रुपैयाँ सहयोग गरेका छन्।
सहयोगकर्ता शिवानी श्रेष्ठका अनुसार रकम बबिताको खातामा पठाइएको छ, जसले नवजात शिशु र आमाको तत्कालीन आवश्यकता पूरा गर्न राहत पुग्ने विश्वास गरिएको छ।
सहयोग गर्ने महिलामध्ये शान्ति पुन, नीतु थापा, कुमारी राना मगर, पवित्रा लिम्बू, रेखा थापा, सजना पुडासैनी, सन्ध्या कार्की, अन्जु परियार, सुनिता लिम्बूलगायत रहेका छन्।
पैसाको अभावमा अस्पतालबाट निकालिएपछि सडकपेटीमै सुत्केरी हुनुपरेको घटनाले उनीहरूलाई दुःखी बनाएको र मानवीय सहयोगस्वरूप रकम जुटाएको बताइएको छ।
प्रकाशित मिति : २०८३ भाद्र २८ गते आइतवार

