२०८३ असोज ९ गते शुक्रवार | 2026 September 25th Friday

अफगानिस्तानमाथि नेपालको शानदार जित, एसियन गेम्समा क्वाटरफाइनलको बाटोतर्फ

जापानमा जारी २०औँ एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराएको छ। अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।
नेपालका लागि सन्दीप जोराले ३४ र रोहित पौडेलले अविजित ३३ रन बनाए। बलिङतर्फ कुशल भुर्तेलले ४ विकेट लिए। नेपालले अब शनिबार जापानसँग खेल्नेछ। नेपाल उपाधीको लक्ष्यमा छ ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस