२०८३ असोज २० गते मङ्गलवार | 2026 October 6th Tuesday

कोहलपुर घटनामा डा. रितिकाको तर्क, जहाँको समस्या लिएर आउँछन् त्यहाँ जाँच गर्दा हुने भीडतन्त्र र हिंसा असह्य

काठमाडौं । कोहलपुरस्थित थापा क्लिनिकमा बिरामीको स्वास्थ्य समस्या पहिचान गर्न चिकित्सकीय पद्धतिअनुसार शारीरिक परीक्षण गर्दा डाक्टरमाथि दु`र्व्यवहार र कु`टपि`ट भएको भन्दै चिकित्सकहरूले आक्रोश व्यक्त गरेका छन्।

यसै क्रममा डा. रितिका बस्नेतले समस्या रहेको अङ्गको परीक्षण गर्नु डाक्टरको कर्तव्य भएको उल्लेख गर्दै उपचार प्रक्रियालाई गलत अर्थ लगाएर झूटा आरोप लगाउनु र कार्यस्थलमै हा`तपा`त गर्नु गम्भीर अपराध भएको बताएकी छन्। उपचारप्रति असन्तुष्टि भए कानूनी बाटो अपनाउन सकिने भए पनि भीडतन्त्र र हिं`सा स्वीकार्य नभएको भन्दै घटनामा संलग्नमाथि कडा कानूनी कारबाहीको माग गरिएको छ।

 

 

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस