काठमाडौं । बंगालको खाडीबाट विकसित चक्रवात ‘अर्णव’ को प्रभाव नेपालमा पनि देखिएको छ। यसको अवशेष र पश्चिमी वायुको प्रभावले देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। मौसम पूर्वानुमानअनुसार शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको जोखिम रहेको छ।
वर्षाका कारण नदीमा पानीको सतह बढ्नुका साथै बाढी, पहिरो र हिमपहिरोको जोखिमसमेत बढ्न सक्ने चेतावनी दिइएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहण नगर्न तथा यात्रामा निस्कनुअघि मौसमको अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शुक्रवार


