२०८३ कार्तिक १९ गते बुधवार | 2026 November 4th Wednesday

बारामा एमाले सुनियोजित रुपमा नै रास्वपामाथि खनिदा स्थिती तनावग्रस्त, गो`ली लागेका बालकको अवस्था गम्भीर

बारा । बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटन गर्ने विषयमा स्थानीय भन्दापनि रास्वपा र एमाले पक्षका कार्यकर्ताबीच झडप भएको थियो । अस्पतालको भवन आफ्नो पार्टीका नेताले बजेट दिएर बनेको भएपनि उद्घाटनमा रास्वपाकी समीक्षा बास्कोटा बोलाएको भन्दै उनीहरुले बबण्डर गर्ने योजना नै बनाएका थिए । बाहिर सुन्दा आवश्यक सामाग्री नल्याइ हतारमा चुनाव केन्द्रीत भएर उद्घाटन गर्न खोजेको भन्ने तर बबण्डर गर्ने उनीहरुको योजना थियो एक स्थानीयले खुलाए ।
त्यसपछि उद्घाटन कार्यक्रमको विरोधमा एमाले पक्षका कार्यकर्ता उत्रिएपछि विवाद चर्किएयो । अचानक झडप भयो । स्थिती नियन्त्रणमा लिन प्रहरीले चलाएको गो`ली लागेर फेटा–३ का १५ वर्षीय बालक आदित्य पासवान घाइते भए । उनको अवस्था गम्भीर छ ।
झडपका क्रममा पाँच प्रहरी घाइते हुनुका साथै अस्पतालमा तोडफोड र १० वटा मोटरसाइकलमा आगजनी भएको छ। एमालेका कार्यकर्ताहरुले एउटा बाइकमा आगो लगाएर अरु बाइकहरु चलाउँदै त्यही ठाउँमा थुपारेका थिए ।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस