२०८३ कार्तिक १९ गते बुधवार | 2026 November 4th Wednesday

इनम सापकोटाले बयानमा खुलाइदिए सबैका पोल, न्यायाधीशदेखि नेता र व्यवसायीसम्मले गर्थे करोडौंको डिल

काठमाडौं । प्रहरी हिरासतमा रहेका इनम सापकोटाले दिएको भनिएको अडियो बयानमा न्यायिक, राजनीतिक र व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूको नाम जोड्दै करोडौँ रुपैयाँको आर्थिक कारोबारबारे दाबी गरेका छन्। सापकोटाले काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दा मिलाउन ३ करोड रुपैयाँ सम्मको डिल भएको र नेपाली कांग्रेसको आधिकारिकता विवादमा १८ करोड रुपैयाँको कारोबार भएको खुलाएका छन् ।

उनको बयानमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ प्रभुशमशेर जबरा, व्यवसायी मीनबहादुर गुरुङ, कांग्रेस सभापति गगन थापा, नेता उमेश श्रेष्ठ, दीपक खड्का तथा सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीको नाम उल्लेख भएको छ।

सापकोटाले प्रभावशाली व्यक्तिहरूसँगको पहुँच प्रयोग गरी न्यायिक तथा राजनीतिक विषयमा आर्थिक चलखेल भएको दाबी गरेका छन्। यद्यपि, बयानमा उल्लेखित आरोपहरूको स्वतन्त्र पुष्टि भइसकेको छैन। प्रहरीले यस प्रकरणमा सम्भावित आर्थिक कारोबार, सम्पर्क र संलग्नताबारे अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति : २०८३ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस