काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अलोकतान्त्रिक बन्दै गएको आरोप लगाएका छन्। महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुरा गर्दै उनले पत्रकारमाथि प्रहरी परिचालन गरी धरपकड गर्नु गलत भएको बताए। जनताले सरकारको कार्यशैली बुझ्न थालेको उल्लेख गर्दै उनले अब गाउँगाउँमा पुगेर सरकारका गतिविधिबारे जनतालाई जानकारी गराउने बताए।
त्यस्तै, प्रचण्डले मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरणका आधारमा केही दिनभित्रै नयाँ सरकार गठन हुने दाबी गरेका छन्।
प्रकाशित मिति : २०८३ कार्तिक १७ गते सोमवार


