काठमाडौं । के तपाईले खाना नमिठो भएका कारण जन्ती खाली फर्केको खबर सुन्नु वा देख्नु भएको छ ? सायद देख्नु वा सुन्नु भएको छैन । तर यस्तै एक घटना अहिले बाहिर आएको छ । विवाहमा केटापक्ष र केटीपक्षको विवाद एउटा ठूलो मुद्दा हुन्छ, जसको कारण धेरै पटक विवाह रद्द पनि हुने गरेको छ । तर यति सानो कुरामा विवाह रद्ध भयो की सबै चकित बनेका छन् ।

 

त्यस्तै एउटा घटना अलीगढबाट बाहिर आएको छ । त्यहाँ दुलहाको जेठो दाईले विवाह समारोहमा खाने कुराको स्वाद नभएको बताएपछि बबाल भएको हो । त्यसपछि उनी र दुलहीका दाजु बीच विवाद भएको थियो । तनाव यतिसम्म बढ्यो कि घटना प्रहरी चौकीमा पुग्यो । प्रहरीले दुबै पक्षलाई समेट्ने प्रयास गर्यो तर उनीहरू सहमत भएनन् ।

 

https://twitter.com/upcopsachin/status/1334872295861469184?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1334872295861469184%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fnavbharattimes.indiatimes.com%2Fviral-adda%2Fomg-news%2Findian-wedding-the-grooms-brother-in-law-did-not-like-the-food-then-baraat-returned-without-bride-in-aligarh-48250%2F

 

जन्तीहरु दुलही बिना नै फर्किएर आएका हुन् । अब यो कुरा सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ । यो घटनालाई लिएर सबै चकित परेका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार बुलन्दशहरको खुर्जाबाट जावानीको सिकन्दरपुर कोटामा बुधवार रात जन्तीको जुलुस आएको थियो । सबै ठीकठाक चलिरहेको थियो ।

 

आफन्तहरू डीजेमा नाचिरहेका थिए । विवाह समारोह लगभग पूरा भएको थियो । तर जब दुलहाको भतिजले खाना खान शुरू गरे, उनले खानामा स्वाद नभएको आरोप लगाउन थालेका थिए । उनले त्यहाँ भएका माइती पक्षका व्यक्तिहरूको अगाडि आफ्नो रिस देखाएका हुन् । दुलहीको भाइले उनीहरूलाई फकाउन खोजेका थिए ।

 

तर कुरा मिलेन र हात हालाहालको अवस्थामो पुग्यो । त्यसपछि दुलहीको पक्षले प्रहरीलाई बोलायो । प्रहरी घटनास्थलमा पुगे र दुबै पक्षलाई मिलाउन प्रयास गर्यो तर उनीहरु तयार भएनन् । घटनापछि दुलही पक्षले विवाह गर्न अस्वीकार गरेका हुन् । दुलही लिन गएका जन्तीहरु दुलही बिना नै फर्किएका हुन् ।

यी शर्षक झनै रोचक छन्

https://www.janaboli.com/post/310786

https://www.janaboli.com/post/310892

https://www.janaboli.com/post/313655

https://www.janaboli.com/post/313682

https://www.janaboli.com/post/313449

https://www.janaboli.com/post/312460

 

सम्बन्धित खबरहरु