काठमाडौं । आफू कट्टर हिन्दु भएको भन्दै बलिउड अभिनेत्री कङगना राणवत पहिचान गराउने गर्छिन् ।

उनले अन्य अभिनेत्रीको पोशाकसहित अन्य विभिन्न कुराहरुलाई लिएर आलोचना गर्ने गरेकी छिन् । प्रायः उनी आफ्नो शैलीका कारण परिचित छिन् । हरेक विषयहरुमा उनी आफ्नो धारणा राख्ने गर्छिन् ।

यो बीचमा उनले सबैलाई हैरान बनाउने केहि बोल्ड तस्विरहरु सार्वजनिक गरेकी छिन् । तस्विरका कारण सामाजिक सञ्जालमा उनका प्रशंसकहरु धेरै ट्रोल गरिरहेका छन् ।

उनी आगामी फिल्म ‘धाकड’ को छायाङ्कनमा व्यस्त छिन् । भाइरल नवीनतम तस्विरमा उनी निकै बोल्ड देखिएकी हुन् । धाकड फिल्ममा कङ्गना एक्सन अवतारमा देखिनेछिन् । उनको पछाडि सूर्यास्त देखिन्छ ।

एउटा तालको किनारमा उभिएर उनी पोज दिइरहेकी छिन् । तस्विरहरुमा उनले सेतो ब्रालेट लगाएकी छिन् । उनको घाँटीमा सुनको चेन देखिएको छ । उनले फेसबुक पेजमा धेरै तस्विरहरु साझा गरेकी हुन् ।

उनले आफ्ना तस्विरका कारण तारिफ र आलोचना खेप्नु परेको छ । आलोचना गर्नेहरुले अरुको तस्विरमा नकारात्मक प्रतिकृया दिनेले आफुले तस्विर पोस्ट गर्दा किन नसोचेको भन्दै प्रश्न गरेका छन् ।

धेरै प्रयोगकर्ताहरुले उनको पारदर्शी पोशाकलाई लिएर चर्चा गरेका छन् । धाकड रजनीश राजी घई द्वारा निर्देशित चलचित्र हो ।

यो एक जासूस थ्रिलर फिल्म हो । कङ्गना यसमा एजेन्ट अग्निको भूमिकामा छिन् । फिल्ममा अर्जुन रामपाल र दिव्या दत्ता मुख्य भूमिकामा छन् । Read this news in Hindi language.

सम्बन्धित खबरहरु