काठमाडौं । बलिउडकी ग्ल्यामर अभिनेत्री करीना कपूर खान यस वर्ष दोस्रो बच्चाको आमा बनिन् ।

दोस्रो पटक आमा बनेदेखि करीना धेरै चर्चामा छिन् । हालै करीनाको गर्भावस्थाको पुस्तक पनि सार्वजनिक भएको छ । पुस्तकमा करीनाका बारेमा हरेक नयाँ खुलासाहरु भइरहेका छन् ।

यस किताबको नाम ‘प्रेग्नेन्सी बाइबल’ हो, जसमा करीनाले आफ्ना दुई छोराहरु जन्माउदाको गर्भावस्थाबारे आफ्ना अनुभवहरुलाई साझा गरेकी छिन् ।

करीना कपूर खानको बारेमा अब नयाँ त्यस्तो खुलासा भएको छ कि उनी आफैं आमा बन्नुको सट्टा सरोगेसी मार्फत बच्चा चाहन्थिन् । करीनाले आफ्नो किताबमा गर्भावस्थाको अर्को रहस्य खुलाएकी हुन् ।

उनी सरोगेसीको माध्यमबाट बच्चा चाहान्थिन् । उनी चिन्तित थिइन् कि उनको फिगर गर्भावस्थाको कारण खराब नहोस् । उनले क्यारियर प्रभावित नहोस् भनेर कोख भाडामा लिएर बच्चा जन्माउने सोचमा थिइन् ।

पुस्तकमा करीनाले आफ्नो दिमागमा विवाहपछिको गर्भावस्थाले शरीरको संरचना परिवर्तन गर्न सक्छ भन्ने डर भएको उल्लेख गरेकी छिन् ।

अभिनेत्री करीना कपूर र उनका पति अभिनेता सैफ अली खान दुबै आफ्नो दोस्रो बच्चाको नामलाई लिएर विवादमा परेका छन् । तैमूरपछि यो पटक फेरी एकपटक दोस्रो बच्चा जहाँगीरको नाम चर्चामा रहेको छ ।

तैमूरको नाममा पनि यस्तै विवाद भएको थियो । तर करीना कपूरको किताब पछि कान्छो छोराको नाम खुल्ने बित्तिकै उनीहरु फेरि ट्रोल भइरहेका छन् । Read this news in Hindi language.

 

सम्बन्धित खबरहरु