काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा क्रान्ति सफल नभएको निश्कर्ष सुनाउँनुभएको छ ।,

'इमान्दार भएर भन्नुपर्दा तीन पटक क्रान्ति सफल भयो भन्नु भ्रम हो, क्रान्ति सफल भएको भए देश परिवर्तन हुँदैन थियो ? उहाँले आफैमाथी प्रश्न गर्नुभयो ।

'उहाँले भन्नुभयो, हामीले राजनीतिक सहमतिका आधारमा क्रान्ति गर्दा देश असफल भएको र प्रतिक्रान्तिबाट बचाउँन नसकेको हो ।

उहाँले भन्नुभयो अहिले एमालेले कोहीसँग सहकार्य गर्दैन ।, 'एमालेले लिएको विचार र राजनीतिक मार्गदिशा उत्कृष्ट छ भन्ने, कुरा जनताले प्रमाणित गरेका कारण यही विचार र मार्गदिशामा आउनेलाई साथमा लिएर जाने तर चुनाव नै जित्नका लागि कोहीसँग सम्झौता नगर्ने उहाँको स्पष्ट लाईन छ ।,

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

'चुनावी तालमेल गरेर पार्टीले जित्छ, तर देशले कहिलै जितेन अब, एउटै शक्ति सर्वशक्तिमान बनेर नगएसम्म देशको मुहार बदलिन्न । यसैले एमाले एक्लै अघि बढ्छ, तर विचार मिल्नेहरुलाई एकठाउँमा राखेर अघि बढ्छ महासचिव पोखरेलले भन्नुभयो ।,

'उहाँले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नहुने स्पष्ट पार्नुभयो । सोमबार प्रेस चौतारी नेपाल केन्द्रीय समितिले गरेको जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसम्वाद कार्यक्रममा महासचिव पोखरेलले गठबन्धनको यात्राबाट समाजवादमा जान खोज्नुलाई संगति नै नमिलेको बताउनुभयो ।,

'कार्यक्रममा उहाँले मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ ले नेपालमा समाजवाद ग्यारेण्टी गर्ने र विश्वमा मार्गदर्शन बन्न सक्ने दावी गर्नुभयो ।,

मदन जयन्तीको अवसरमा प्रेस चौतारी नेपालले काठमाडौंमा अन्तरसम्वाद कार्यक्रममा आयोजना गरेको थियो । कार्यक्रममा महासचिव पोखरेले प्रमुख वक्ता हुनुहुन्थ्यो ।

उहाँले भन्नुभयो,‘ मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद, जनताको विश्वास जितेर जनताकै सेवा गर्ने विश्वकै नमुना सिद्धान्त हो, यदि यो कुनै विकसित देशमा प्रतिपादन भएको थियो भने विश्वकै मार्गदर्शन बन्न सक्थ्यो ।’

उहाँले जनताको बहुदलीय जनवाद (जबज) ले नेपालका अन्य दललाई पनि नेतृत्व गरिरहेको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि जबजको लाइनमा आएको दावी गर्नुभयो ।

नेकपा माओवादी केन्द्रको शान्तिपूर्ण राजनीति, बहुपदीय नेतृत्व प्रणाली साथै नेपाली कांग्रेसले आन्तरिक निर्वाचन गर्ने प्रणाली पनि जबजबाटै सिकेका उहाँले भनाई थियो । मदन जयन्तीका अवसरमा पोखरेलले मदन भण्डारीलाई सम्झँदै नेपालमा टुटेर फुटेर बसेका कम्युनिस्टलाई समेटेर एकीकृत विशाल कम्युनिस्ट पार्टी निर्माण गर्दै विश्वमा परिचित गराउने प्रभावशाली र प्रतिभावान नेताको रुपमा आफूले मदनलाई बुझेको स्मरण गर्नुभयो ।

विश्व कम्युनिष्ट आन्दोलनमा कम्युनिस्टहरू कमजोर भैरहेका बेला, पूँजीवादीहरुले कम्युनिस्टलाई निरंकुश र क्रुर भनेर चिनाइरहँदा नेपालबाट शान्तिपूर्ण कम्युनिस्ट आन्दोलनको उज्यालो छरेर विश्वसामु नयाँ सिद्धान्त जबज प्रस्तुत गर्ने दूरदृष्टि भएका नेता मदन भण्डारी भएको पोखरेलले बताउनुभयो । आजको समयमा नेपालका मिडियाहरु तथ्यपरक भन्दापनि मिडिया मालिकको इशारामा चल्ने गरेकाले स्वतन्त्र अभिव्यक्ति छायाँमा पर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।

स्वतन्त्र अभिव्यक्तिलाई सञ्चार माध्यममा ल्याउन सञ्चारमाध्यमहरू नै स्वतन्त्र हुनुपर्ने उहाँको सुझाव छ । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले मदन भण्डारी नेपालका दार्शनिक भएको चित्रण गर्दै उहाँका विचारले नै नेपाललाई समृद्ध बनाउने र समाजवादको बाटोमा अघि बढाउने कुरामा दुइमत नरहेको बताउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एमाले केन्द्रीय तहका नेताहरु, प्रचार तथा प्रकाशन विभागका सदस्यहरु, पत्रकार र अन्य सहभागीको उपस्थिति रहेको थियो । मदन जयन्तीका अवसरमा भोलि असार १४ गते देशभर विभिन्न कार्यक्रम राखिएको चौतारीका महासचिव हीरामान लामाले जानकारी दिनुभयो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु